अस्ट्रेलिया फर्कन विमान चढेका पञ्जाबका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ फेरि होटल फर्किए

काठमाडौँ । भारत र पाकिस्तानबिचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण पुनः सुरु हुने मिति घोषणा भइसकेको छैन । यस विषयमा निर्णय लिन आइतबार बसेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को बैठकले पनि मिति घोषणा गरेन ।
तर, छिट्टै नै नयाँ मिति र खेल तालिका सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ । अहिले बीसीसीआईका अधिकारीहरु परिस्थितिको विश्लेषण गरिरहेका छन् । आईपीएल स्थगित भएलगत्तै विदेशी खेलाडीहरु भने आ–आफ्नो घर फर्किइसकेका छन् ।
पञ्जाब क्सिका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ पनि अस्ट्रेलियन फर्कने तयारीमा थिए । भारतीय सञ्चारमाध्यमका अनुसार, पोन्टिङ स्वदेश फर्कन विमानस्थल पुगिसकेका थिए । तर, पञ्जाबका पदाधिकारी उनलाई आईपीएल छिट्टै पुनः सुरु हुने भएकाले अस्ट्रेलिया नजान सन्देश पठाएको थियो ।
पोन्टिङको मोबाइलमा पञ्जाब किङ्सका पदाधिकारीको सन्देश आउँदासम्म उनी विमानमा सवार पनि भइसकेका थिए । तर, आईपीएल छिट्टै सुरु हुने खबर पाएपछि उनी तत्कालै विमानबाट ओर्लिएर होटल पुगेको समाचारमा जनाइएको छ । प्रमुख प्रशिक्षक पोन्टिङसँग सहायक प्रशिक्षक ब्राड हेडिन पनि विमानबाट ओर्लिएर होटले फर्किएका थिए । पञ्जाब किङ्सका प्रमुख कार्यकारी अधिकृत सतिश मेननले पनि पोन्टिङ र हेडन विमानस्थलबाट होटल फर्किएको समाचारको पुष्टि गरेका छन् ।
‘हामीले सन्देश पठाउँदा प्रमुख प्रशिक्षक पोन्टिङ र सहायक प्रशिक्षक हेडन विमानमा हुनुहुन्थ्यो । हाम्रो सन्देश पाएलगत्तै दुबैजना विमानबाट ओर्लिएर फेरि होटल फर्कनुभयो । आफ्नो जिम्मेबारीप्रति उहाँहरुको लनगशिलताले हामीलाई कायल बनाएको छ,’ मेननले भनेका छन् ।
आईपीएल स्थगित भएपछि बीसीसीआईले नै विदेश खेलाडी र पदाधिकारीलाई स्वदेश फर्कन अनुमति दिएको थियो । पञ्जाब किङ्स आईपीएलको प्ले–अफ चरणमा प्रवेश गर्ने अभियानमा छ । हालसम्म ११ खेल खेलेको पञ्जाबले सात जित र तीन हारको नतिजा निकालेको छ ।
पञ्जाबको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । पञ्जाब १५ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । पञ्जाबले अब तीन खेल खेल्न बाँकी छ । मे ८ तारिखमा दिल्ली र पञ्जाब किङ्सबिच हुने भनिएको खेल बिचमै रद्द गरिएको थियो ।
त्यसको दोस्रो दिन नै आईपीएल स्थगित गरिएको थियो । त्यसपछि सबै विदेशी खेलाडी आ–आफ्नो घर फर्किएका थिए । तर, मे १० तारिखमा भारत र पाकिस्तानबिच अब एक–अर्काविरुद्ध सैन्य आक्रमण नगर्ने सहमति भएपछि आईपीएलको बाँकी खेल पुनः सुरु गर्ने तयारी अगाडि बढाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
-
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
-
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा
-
किन राजीनामा दिन बाध्य भइन् जनमतकी सांसद गुरुङ ?
-
यौन दुर्व्यवहारमा दोषी ठहरिए फ्रान्सेली अभिनेता जेराद
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार