प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट भएको छ । प्रधानमन्त्री ओली २५६९ औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा भाग लिन आइतबार काठमाडौँबाट दिउँसो प्रस्थान गरेका थिए ।
महासचिव बैद्य दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाडौँ फर्किने क्रममा विमानस्थलमा आराम गरिरहेका थिए । विमानस्थलमा बैद्यलाई देखेपछि ओलीले स्वास्थ्य लाभको कामना गरेको भान्जा प्रशान्त ओलीले जानकारी दिए ।
‘महासचिवज्यू विमानस्थलमा आराम गरिरहनुभएको थियो । लुम्बिनीको कार्यक्रममा भाग लिन आउनुभएका प्रधानमन्त्रीले देखेपछि भेटेर आमाको निधनमा दुःख व्यक्त गर्नुभयो । स्वास्थ्य लाभको कामना गर्नुभयो । अन्य कुनै कुरा भएन’, रातोपाटीसँग ओलीले भने ।
दाङको घोराही उपनगरपालिका–१५ स्थित रतनपुरमा ठाइँला छोरासँग बस्नुभएकी बैद्यका आमा जानकीदेवी उपाध्यायको वैशाख २४ गते १०० वर्षको उमेरमा निधन भएको थियो । बिरामी आमालाई भेट्न वैशाख २३ गते घोराही गएका बैद्य भर्खर काठमाडौँ आइपुगेका छन् । उनी लामो समयदेखि दमका रोगी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण