रुकुम पश्चिममा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
रुकुम पश्चिम । रुकुम पश्चिममा सोमबार भएको जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानोभरी गाउँपालिका वडा नम्बर १० की ४४ वर्षीया लिला ओली रहेकी छन् ।
यसअघि दुर्घटनामा सोही ठाउँका ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भइसकेको छ । आज लुम्बिनी प्रदेश ०२-००१ च ०१७७ नम्बरको गाडी सानोभरी गाउँपालिका—१० का सिम्लीदेखि भित्रितर्फ जोड्ने सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषी पाठकले बताए । प्रहरीका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो ।
यस्तै जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी र ५० वर्षीया दुर्गा ओली घाइते छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण