व्यापारिक लेनदेनमा पुर्जी जारी भएका प्रदेश सांसद प्रधानमन्त्रीसँगै, हल्ला फैलिएपछि फुत्किए
काठमाडौँ । अदालतबाट पक्राउ पुर्जी जारी भएका प्रदेश सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै देखिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अतिथि बनेर सहभागी भएका पन्थी विरुद्ध पक्राउ पुर्जी जारी भएको हल्ला फैलिएपछि उनी फरार भएका छन् । लुम्बिनी प्रदेश सभा सांसद रहेका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भएका थिए ।
उनी नेपालका प्रदेश स्तरीय नेता हुन् । २०८१ असार १२ मा उनलाई पक्राउ गरेर दाखिला गर्न मोरङ जिल्ला अदालतले प्रहरीलाई पत्राचार गरेको थियो । गौतमबुद्ध हाइड्रोपावर प्रालिका सञ्चालक समेत रहेका पन्थीको कम्पनीले पल्लवी इलेक्ट्रा प्रालिको बिल नतिरेको आरोप छ । २०८१ जेठ ३२ मा अदालतले पन्थी र उनका साझेदार देवराज खनाललाई व्यापारिक लेनदेन मुद्दामा जनही ६ महिना कैदमा राख्ने फैसला गरेको थियो ।
त्यसपछि उनी विरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी भएका ५० वर्षीय पन्थी सोमबार कार्यक्रम स्थलबाट प्रहरीको आँखा छलेर भाग्न सफल भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेन्द्र प्रसाद भट्टले पन्थीविरुद्ध पुर्जी जारी भएको कुरा आफ्नो जानकारीमा आएको बताए । उनले भने, ‘लुम्बिनीमा भर्खरै हाजिर भएको हुँ, त्यसबारे जानकारी पाएसँगै रुपन्देहीको एसपी सावलाई कानुन अनुसार गर्न भनेको छु ।’ जिल्ला अदालत मोरङले पठाएको पक्राउ आदेश काठमाडौँ हुँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण