बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘ईभोल्भ टू रिड्डारा एक्सचेन्ज’ योजना सार्वजनिक

मङ्गलबार, ३० वैशाख २०८२, १० : ४२
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘ईभोल्भ टू रिड्डारा एक्सचेन्ज’ नामक एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । 

यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर ईभी पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्।

४२४ किलोमिटरको उत्कृष्ट रेंज र ७३ किलोवाट आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको कम्पनीको भनाई छ। नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिड्डारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउने कम्पनीले जानकारी दिएको छ।

यस योजनालाई अझ आकर्षक बनाउन कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप