१३ वर्षीय किशोर लिएर भागेकी शिक्षिका भन्छिन्– ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो
काठमाडौँ । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र विद्यार्थीबिचको सम्बन्धलाई नै लज्जित तुल्याएको छ । भारतको गुजरात राज्यको सुरतमा २३ वर्षीय एक शिक्षिका आफ्नै १३ वर्षीय छात्रलाई लिएर भागेकी थिइन् । चार दिनपछि ती शिक्षिका र किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गरेको सोधपुछमा ती शिक्षिकाले आफू पाँच महिनाको गर्भवती रहेको बताइन् । उनी यतिमा मात्र रोकिइनन् । उनले ती किशोरलाई देखाउँदै भनिन्, ‘ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो ।’ आफू १३ वर्षीय किशोरबाट गर्भवती भएको भन्दै ती शिक्षिकाले अर्को सहरमा बस्नका लागि आफूहरू भाग्ने निर्णयमा पुगेको बताइन् ।
प्रहरीले ती शिक्षिकाको बयान अनुसार किशोरको स्वास्थ्य परीक्षण गराएको छ । यस क्रममा ती किशोर पिता बन्न सक्षम रहेको रिपोर्ट आएको प्रहरीको भनाइ छ । शिक्षिकाको गर्भमा रहेको शिशु र ती किशोरको डीएनए परीक्षण गरी थप कारबाही अघि बढाउने प्रहरीको तयारी छ । प्रहरीले आरोपित शिक्षिकाविरुद्ध नाबालिगको अपहरण सम्बन्धमा मुद्दा दर्ता गरेको छ ।
प्रहरी समक्ष बयान दिँदै ती किशोरले पनि आफूहरू प्रेम सम्बन्धमा रहेको बताएका छन् । ती शिक्षिकाले किशोरलाई ट्युसन पढाउने गर्थिन् । विगत एक वर्षदेखि आफूहरूबिच शारीरिक सम्बन्ध रहँदै आएको उनीहरूको भनाइ छ । आफू गर्भवती रहेको थाहा पाएपछि भने शिक्षिकाले कुनै नयाँ ठाउँमा गएर बस्ने योजना बमोजिम किशोरलाई लिएर हिँडेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण