डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
शनिबार, २० वैशाख २०८२, २२ : ३३

काठमाडौँ । अमेरिकाको इ-डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति पौने १० बजे) सन् २०२६ को इ-डिभी लोटरीको नतिजा प्रकाशित गरिएको हो । नतिजा अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।
नयाँ विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरूले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानुन अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरू स्वतः अयोग्य हुनेछन् ।
गत वर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म इ-डिभी लोटरी भरेकाहरूले आफू छनोट भए नभएको हेर्न सक्नेछन् । इ-डिभी परे नपरेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक
-
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति
-
प्रचण्डलक्षित सूर्य थापाको टिप्पणी, ‘सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो’
-
बिचौलिया र भ्रष्टाचारीहरू अहिले मस्त निदाइरहेका छन् : सांसद शाही
-
चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प
-
‘बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकार तीनकुने घटनामा मौन’