प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि...
काठमाडौँ । सुरक्षा निकायले लागुऔषध बरामद गर्दा त्यसलाई नष्ट गर्ने प्रचलन विश्वभर नै छ । नेपालमा पनि तपाईंले अवैध रक्सी पोखाएको, गाँजाको बोट फडानी गरेकोजस्ता समाचारहरू पनि पक्कै पढ्नु भएकै होला ।
टर्कीमा पनि यसरी नै लागुऔषध नष्ट गर्दा एउटा अनौठो घटना सार्वजनिक भएको छ । टर्कीको डियारबाकिर प्रान्तमा प्रहरीले बरामद गरेको ठुलो मात्राको गाँजा नष्ट गर्दा लिस सहरका २५ हजार बासिन्दा नै मातिन पुगेका हुन् ।
गत अप्रिल १८ मा टर्कीका अधिकारीहरूले उक्त सहरमा २० टनभन्दा बढी अवैध गाँजा नष्ट गर्न जलाउने निधो गरे । तर, त्यति ठुलो मात्रामा गाँजा जलाउँदा सहरभरि नै गाँजा मिसिएको धुवाँ फैलियो ।

त्यसपछि मानिसहरूमा रिँगटा लाग्ने, मतिभ्रम हुने जस्ता मातिएका लक्षणहरू देखियो । गाँजाको धुवाँबाट लठ्ठिने डरले मानिसहरूले ५ दिनसम्म झ्याल खुला राखेनन् भने बाहिर जान पनि कम गरे ।
अडिटी सेन्ट्रलमा प्रकाशित रिपोर्टअनुसार उक्त गाँजाको मूल्य २६ करोड डलरभन्दा बढी थियो । यसको तौल २० टन, ७६६ किलो र ६७९ ग्राम थियो । यसलाई डियारबाकिर प्रान्तमा सन् २०२३ र २०२४ को बिचमा बरामद गरिएको थियो ।
स्थानीय संस्थाका अध्यक्ष याहा ओगेरले सुरक्षा अधिकारीहरूले लागुऔषधविरुद्धको लडाइँमा सफलता हात पारे पनि यसलाई नष्ट गर्ने तरिका भने सही नभएको बताए । त्यसमा पनि गाँजालाई लिस सहरको अक्षर बनाएर जलाउनु झन् ठुलो लापरबाही भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण