नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ वटा विभाग गठन गरेको छ। पार्टीको विधान अनुसार लुम्बिनी प्रदेश सभापति अमर पुनले ती विभागका प्रमुख मनोनयन गरेका हुन् ।
जसमा प्रदेश सङ्गठन विभाग प्रमुखको जिम्मेवारी प्युठानका सुवास केसीलाई दिइएको छ। यसैगरी सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपानेलाई तोकिएको छ भने स्वास्थ्य विभागको प्रमुख बाँकेकी अञ्जना पाण्डे बनेकी छन् ।
यसैगरी प्रदेश कानुन तथा संसदीय मामिला विभागको जिम्मेवारी पाल्पाका महेन्द्र प्रसाद पाण्डेलाई दिइएको छ । यसैगरी प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारीलाई दिइँदा नवलपरासीका विश्वप्रेम पाठकलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ ।
यसैगरी प्युठानका सुवास केसीलाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग,अर्घाखाँचीका डा जयबहादुर टण्डनलाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, कपिलवस्तुका रवीन्द्र नाथ ठाकुरलाई गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग, दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्यांक विभाग, रुपन्देहीका दीर्घबहादुर केसीलाई युवा तथा खेलकुद विभागको प्रमुखमा मनोनयन गरिएको पार्टी प्रदेश कार्यालय मुख्य सचिव मोहन राज शर्माले बताए ।
कपिलवस्तुका विक्रम सिंह थापालाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, रुपन्देहीका रामबहादुर कार्कीलाई पार्टी सम्पर्क विभाग, बाँकेका टेकनारायण भुसाललाई तरुण समन्वय विभाग, बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसायी विभाग, अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीला कुमारी पौडेललाई सहकारी विभाग, बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा बिपद व्यवस्थापन विभाग, गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाति समन्वय विभाग र रोल्पाका पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुख तोकिएको छ।
काँग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले काँग्रेसको विधान अनुसार प्रदेश समितिले ३४ वटा विभागहरू गठन गर्न पाउने व्यवस्था रहे पनि अहिले २१ वटा मात्रै विभागहरू गठन गरेको बताए । उनले अन्य १३ वटा विभाग गठन छिट्टै गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु
-
न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट ११ बुँदे न्यायिक समिति काठमाडौँ घोषणापत्र जारी
-
जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु हुँदैन : कार्की
-
व्यवसायी श्रेष्ठले फेरि उपाध्यक्षमा उम्मेदवारी दिने, साना तथा मझौला व्यवसायीको पक्षमा उभिने उद्घोष
-
फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक
-
शाओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग