शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो दखियो ‘ज्याकी : आई एम ट्वान्टी वान’

शुक्रबार, ०५ फागुन २०७९, १६ : ११
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । आई कोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘आई एम ट्वान्टी वान’ वैशाख २१ गतेबाट रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको फस्टलुकसँगै रिलिज मिति सार्वजनिक गरेको हो ।

फिल्मको फस्टलुक भिडियोमा नायक धिरज मगरको अनुहार मात्र देखाइएको छ । फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ । तर, फस्टलुकमा जसितालाई स्थान दिएको छैन ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो फिल्मलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । रेनशाले निर्देशन गरेको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले राम्रो व्यापार गरेको थियो ।

फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

फिल्मको फस्टलुकको ब्याग्राउन्ड स्कोर बलियो छ । जसले, फिल्मप्रति अझै कौतुहलता बढाउने निश्चित छ । निर्माणपक्षले यो फिल्मलाई ‘डान्स ड्रामा’को रुपमा चित्रित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप