बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जबर्जस्तीको आरोप लागेपछि वडा अध्यक्ष फरार

बुधबार, १० फागुन २०७९, ०८ : २३
बुधबार, १० फागुन २०७९

दार्चुला । जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलका एकजना वडा अध्यक्ष फरार भएका छन् । जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन् ।

 फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका  हुन् । फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप