अँध्यारो कोइलाखानी, जतिखेर नि निभ्न सक्छ जिन्दगानी
दाङ । बंगलाचुली गाउँपालिका–४ गदारीका टेकबहादुुर कँवर मगरको जीवनको आधा उमेर ढल्किसक्यो । ४० वर्षका मगर परिवार पाल्न पहाडको अँध्यारो सुरुङभित्र कोइलाखानीमा कोइला खोस्रिदै आइरहेका छन् । अँध्यारो सुरुङभित्र उज्याला सपना र रहर खोजिरहेका उनको ती सपना र रहर कतिबेला अस्ताउने हुन्, त्यसको भने कुनै ठेगान छैन ।
पहाडको खरको छाप्रोमुनि एक बृद्धआमा, श्रीमती, छोरी सहितको उनको ४ जनाको परिवार छ । घरबासबाहेक जग्गाजमिन केही छैन । उनको हात नचले घरको चुलो बल्दैन । मगर अनपढ छन् तर छोरीलाई धेरै पढाउन चाहन्छन् ।
१२ वर्षकै उमेरदेखि अँध्यारो सुरुङमा उज्यालो सपना खोजिरहेका उनले भने–‘सुरुङभित्र पस्दा कोइला जस्तै मन कालो हुन्छ । बाहिर फर्किन्छु वा फर्किदैन भन्ने डर लाग्छ । भाग्यले अहिलेसम्म दैवको आँखा लागेको छैन ।’
मृत्युको हत्केलामा जीवन राखेर कोइलाखानीको सुरुङमा पस्दा मन बेस्सरी भक्कानिए पनि परिवारको हातमुख जोड्ने बाध्यताले भगवान् पुकार्नुबाहेक अर्थोक उपाय नरहेको उनले सुनाए । उनले भने–‘राम राम जप्दै जाने हो, राम राम जप्दै आउने हो ।’

काम गर्ने क्रममा उनका कतिपय दौंतरीहरु कोइला खोस्रिदा खोस्रिदै पुुरिएका छन् । मसिनो स्वरमा उनी भन्छन्–‘सँगै काम गर्ने साथीहरु कोइलाखानीमा पुरिएका छन् । खानी नखोस्रिऔं खान पुग्दैन । खोस्रिदा खानीले पो खान्छ कि भन्ने डर लाग्छ ।’
किलोको दुई दाम
‘मेरो बाल्यकाल र जवानी नै कोइलाखानीको कालो सुरुङमै बित्यो । न पढ्न पाएँ, न लेख्न ।’ लेखपढ गरेको भए केही गर्न सक्थे कि भन्ने उनलाई लाग्छ । बा बितेपछि कोइलाखानी छिरेका उनी आफै बा बनिसके तर अझै कोइलाखानीको कामबाट विदा पाएका छैनन् ।
परिवारको मुखमा माड लगाउने विवशताले सुरुङ बस्ने ताकत दिन्छ । ‘मरे सखाप हो, बाँचे किलोको दुुई दाम’ उनले भने–‘गरिबीले दुुई दामका लागि पनि ज्यान बाजी थाप्नु परेको छ ।’ यसरी गरिवी र अभावका कारण किलो एक किलो कोइलाको २ रुपैयाँमा जीवन फाल्नुु परेको छ । बाँचे किलोको २ रुपैयाँ आउछ, मरे जीवन नै सकिन्छ ।
उनले थपे–‘न हामी सुरक्षित छौं । न परिवार सुरक्षित छन् ।’ सरकार र खानी मालिकहरु जीवन सुरक्षाको बन्दोबस्त गरिदिए आफै मरे पनि परिवार सुरक्षित हुने उनको भनाई छ ।

दाङको सैंघा क्षेत्रको कोइलाखानीमा कोइला खन्ने श्रमिकहरु थुप्रै छन् । श्रमिकहरुले पाउने किलोको २ र कुन्टलको १ हजार रुपैयाँ हो । त्यो बाहेक कोइला निकाल्नेहरुले केही सुविधा पाउँदैैनन् । न उनीहरुको खानी मालिकहरु जीवनबीमा नै गरिदिएका छन्, न राज्यले केही सघाएको छ ।
बंगलाचुुली २ फलेटीका प्रवद्र्र्धन रायले भने–‘खानीमै पुुरिए परिवारले पाउने किरिया खर्चसमेत हुुँदैन ।’ खानी मजदुुरहरुको लागि मालिकका साथै राज्यले जीवन रक्षाका लागि केही व्यवस्थापन गर्न सके परिवार बिचल्ली पर्नबाट जोगिने उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण