शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एक महिनादेखि बेपत्ता बालिका मृत अवस्थामा फेला

शनिबार, २० फागुन २०७९, २१ : ११
शनिबार, २० फागुन २०७९

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता भएकी छ वर्षीय बालिका मृत अवस्थामा भेटिएकी छिन् ।  स्थानीय गणेश लिम्बू कि छोरी सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोनिया गत माघ २५ देखि बेपत्ता थिइन् ।

घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ पहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार सुगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर भएको थियो ।

 बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ । शव भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो । घटनास्थल सदरमुकाम फुङलिङदेखि झण्डै एक दिनको पैदल दुरीमा पर्छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप