बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१६ करोड रुपैयाँ छात्रवृत्तिको प्रस्ताव पाउने युवतीबाट पाउनुहोस् सफलताको टिप्स

आइतबार, २६ चैत २०७९, १७ : ०१
आइतबार, २६ चैत २०७९

जर्जियाको अलटालान्टामा वेस्टलेक हाई स्कुलकी छात्रा डेया ब्राउन लाखौं अन्य विद्यार्थीहरू जस्तै कोभिड महामारीको समयमा घरबाट अनलाइन कक्षा लिइरहेकी थिइन् ।

तर त्यही बेला नै उनले भर्ना लिन चाहने कलेजको सूची बनाउने निर्णय गरिन् ।

ब्राउनले बीबीसीलाई भनिन्, ‘मेरा लागि यो ध्यान बाँड्ने कोसिस थियो । मैले आफैँलाई भनेँ, ‘ल, नेटफ्लिक्स बन्द गरौँ र अब के गर्नुपर्छ भनेर योजना बनाउन सुरु गरौँ ।’

पत्रकारिता, कविता र बहसमा उनको गहिरो रुचि थियो । उनी भन्छिन्, ‘यी अतिरिक्त क्रियाकलापहरू थिए जसमा म संलग्न थिएँ र यसैले मलाई योजना अघि बढाउन मद्दत मिल्यो ।’

उनी भन्छिन्, ‘यसले मलाई वास्तविक परिस्थितिसँग जोडेर राख्यो र मैले आफैँलाई भनेँ, ‘संसार रोकिएको छ तर यो बीचमा तपाईंसँग भविष्यतिर जाने मौका छ ।’’

डेया ब्राउनले सम्भावित कलेजहरूको सूची मात्र बनाइनन् तर छात्रवृत्तिका लागि आवेदन दिने अवसरहरू पनि खोज्न थालेँ ।

डेया ब्राउनले भनिन्, ‘ कलेजको शुल्क तिर्ने विकल्प मसँग  थिएन ।’

थप पढाइको बोझ आमाबुवामाथि नपरोस् भन्ने उनको चाहना थियो ।

चार महिनापछि उनले निवेदन स्वीकृत भएको पत्र पाउन थालिन् ।

deyaकहाँबाट आए अफर ?

उनले भनिन्, ‘मैले ५० वटा कलेजबाट स्वीकृति पत्र र विभिन्न छात्रवृत्ति कार्यक्रममा १.३ मिलियन डलर लगभग रु १६ करोड रुपैयाँ) को अफर पाएँ ।’

तर जब उनले सबैभन्दा मनपर्ने विकल्पको तर्फबाट पत्र पाइन् तब उनले बाँकी कलेजहरूलाई अस्वीकार गरिन् ।

उनी भन्छिन्, ‘मैले ७० कलेजमा आवेदन दिएँ तर ड्युक युनिभर्सिटीमा भर्ना भएपछि बाँकी कलेजबाट नाम फिर्ता लिएँ ।’

१८ वर्षीय डेया ब्राउनले ड्युक युनिभर्सिटीमा एक वर्षको छात्रवृत्ति स्वीकार गरेको बताइन् । यहाँ उनले २०२३ को शैक्षिक सत्रमा भिजुअल र मिडिया स्टडीजमा पहिलो वर्षको अध्ययन सुरु गर्नेछिन् ।

यद्यपि, उनको नाम ‘द गेट्स छात्रवृत्ति’ को फाइनलमा परेको थियो, जुन यस गर्मीमा अमेरिकामा ३०० प्रतिभाशाली अल्पसङ्ख्यक हाई स्कुलका विद्यार्थीहरूलाई दिइनेछ ।

उनी भन्छिन्, ‘व्यक्तिगत रूपमा यो मेरो लागि धेरै महत्त्वपूर्ण छ किनभने यो देशको शीर्ष छात्रवृत्तिहरू मध्ये एक हो र उनीहरुले तपाईंको शिक्षाको शुल्क तिरिदिन्छन् ।’

यति धेरै छात्रवृत्तिका लागि आवेदन दिन सबैभन्दा गाह्रो कुरा के थियो त भनेर सोधिएको प्रश्नको उनले अचम्मको जवाफ दिइन् । उनले भनिन्, ‘यो कुनै गाह्रो काम होइन ।’

‘मलाई लाग्छ यो पर्खाइको खेल हो र र आवेदनको सबैभन्दा कठिन हिस्सा नै यही हो । तर अन्तमा यसले मलाई धैर्य गर्न सिकाएको छ,’ उनी भन्छिन् ।

अब डेया ब्राउनले अन्य विद्यार्थीहरूलाई उनीहरूको लक्ष्य हासिल गर्न मद्दत गर्ने निर्णय गरेकी छिन् ।

उनले भनिन्, ‘म अन्य महिला र अल्पसङ्ख्यक विद्यार्थीहरूको लागि प्रेरणा बन्ने आशा गर्छु । उनले गर्न सक्छिन् भने मैले पनि गर्न सक्छु भन्ने विश्वास धेरैमा आउन सक्छ ।’

सफलताका टिप्स

ब्राउनले ती तीन चीजको सुझाव दिएकी छिन् जसले उनलाई आवेदनको क्रममा धेरै मद्दत गर्‍यो ।

मद्दत खोज्न नहिचकिचाउनुहोस्

करियर कोच र काउन्सलरसँग कुराकानी गर्नुहोस् । धेरै विद्यार्थीहरू आफ्ना लागि  उपलब्ध अवसरहरूको बारेमा सोध्न डराउँछन् । स्कुलहरूमा धेरै मानिसहरू यस्ता हुन्छन् जसको काम तपाईंलाई मद्दत मात्रै गर्ने हुन्छ ।’

deya1व्यवस्थित बन्नुहोस्

‘यो धेरै अस्तव्यस्त र चुनौतीपूर्ण प्रक्रिया हुनसक्छ । एउटा यस्तो प्लेटफर्म बनाउनुहोस् जहाँ तपाईं आफ्ना सबै आवेदनको सूची राख्न सक्नुहुन्छ । आफ्नो आवेदन आलेखलाई पुनः प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले कलेजको अनुसार थोरै फेरबदल गर्नुपर्ने हुनसक्छ ।’

आफ्नो क्षमता अभिवृद्धि गर्नका लागि आफ्नो पाठ्यक्रमबाहेकका गतिविधिको प्रयोग गर्नुहोस्

पाठ्यक्रम बाहेकका गतिविधिले तपाईंको व्यक्तित्वलाई आकार दिन्छ । कलेजको पढाई पूरा गरेपछि तपाईंले के गर्ने भन्ने कुरा तपाईंले यसबाट नै थाहा पाउनुहुन्छ । उनीहरू तपाईंलाई एक स्वतन्त्र व्यक्तिको रूपमा हेर्न चाहन्छन् । आफू को हो र तपाईं के गर्न चाहनुहुन्छ, यसबारे थाहा पाउनका लागि आफ्ना गतिविधिको प्रयोग गर्नुहोस् ।’

बनाए आफ्नै प्रोडक्सन कम्पनी

डेया ब्राउन पढाइ सुरु गर्न तयार भए पनि उनी चुप लागेर भने बसेकी छैनन् ।

उनी हाल आफ्नै प्रोडक्सन कम्पनीमा काम गरिरहेकी छिन्, जुन उनले हाई स्कुलको समयमा गठन गरेकी थिइन् ।

कविता, सङ्गीत, कला र चलचित्रलाई किशोर–किशोरीमाझ पु¥याउने आफ्नो कम्पनीको लक्ष्य रहेको उनी बताउँछिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप