आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौँ । शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क उठाएको भन्दै सचेत गराएका हुन् ।
स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकहरूलाई जानकारी गराउनुपर्छ । अभिभावकहरूले समेत तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् । त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था समेत रहेको भन्दै मन्त्रालयले केही गुनासा भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ ।
निजी लगानीका विद्यालयले शुल्क, सार्वजनिक विद्यालयको भर्नासँग सम्बन्धित विषय तथा विद्यालयहरूमा पाठ्यपुस्तकको उपलब्धता र ब्रिकी वितरणका विषयमा जिल्ला तहमा आवश्यक परामर्श र सहजीकरण समेत गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत नियमित रूपमा जानकारी पठाउन समेत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव