शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपा सांसद डाँगीले सभामुखलाई सोधिन्– ‘लक्ष्मी महतो कोइरीको सांसद पद किन नगएको ?’

मङ्गलबार, १२ वैशाख २०८०, १४ : ०८
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीको सांसद पद किन नगएको भन्दै सभामुखलाई प्रश्न गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले नेपालको संविधान २०७२ को धारा ८९ (घ) मा कुनैपनि सांसद १० वटा भन्दा बढी बैठकमा बिना जानकारी उपस्थित नभएमा निजको सांसद पद रिक्त हुने व्यवस्था रहेको बताउँदै भनिन्– ‘यस सदनका एकजना सदस्य लक्ष्मी महतो कोइरी यस सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई ? यदि जानकारी गराएका छन् भने के जानकारी गराएका छन् ? यो सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ । यदि जानकारी नगराई बैठकमा नआएको भए कोइरीलाई अहिलेसम्म किन कारवाही गरिएन ?’ 

उनले हिँउदे अधिवेशनमा उल्लेख्य काम गर्न नसकेको अनुभूति आफूले गरेको र जनतामा पनि त्यही अनुभूति भएको बताइन् । उनले सांसदले सोधेका प्रश्नको जवाफ दिनपनि सरकार उदासिन भएको महशुस गरेको उल्लेख गर्दै संसदको यो पहिलो अधिवेशनमा संसदीय समिति बन्न नसक्नु दुःखको कुरा भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप