शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सभा बैठक पुनः स्थगित

शनिबार, २२ वैशाख २०८१, १७ : २३
शनिबार, २२ वैशाख २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडरीले विश्वासको मत लिने कार्यक्रम शनिबार पनि स्थगित भएको छ । तयारी नपुगेको भन्दै अर्को अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित भएको छ । 

यसरी बैठक स्थगित भएको यो दोस्रो पटक हो । हिजो पनि पनि पाँच बजेका लागि विश्वासको मत लिने गरी प्रदेश सभाको बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो । 

शनिबार साढे पाँच बजेका लागि बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको कारण देखाउँदै अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले बताए ।

‘बझाङबाट नवनिर्वाचित प्रदेश सभा सदस्यले शपथ नलिएको, अन्य सांसदहरू पनि बाहिर भएको कारण कारण बैठक स्थगित गरिएको हो जस्तो लाग्छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडरी नेकपा (एस) का प्रदेश सभा सदस्य हुन् । गठबन्धनबाट उनी मुख्यमन्त्री बनेपनि एमालेले विश्वासको मत दिन आनाकानी गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी पक्षका सांसदहरू पनि उनलाई विश्वासको मत दिन सकारात्मक छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप