शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट

शनिबार, २२ वैशाख २०८१, १९ : ३४
शनिबार, २२ वैशाख २०८१

महेन्द्रनगर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा राहुल भट्ट निर्विरोध निर्वाचित भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न सङ्घको २३औँ साधारणसभा एवम् १४ औँ अधिवेशनले भट्टको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा दिलबहादुर धामी र खड्कबहादुर शाह, सचिवमा पुष्करराज भट्ट र कोषाध्यक्षमा पवन जोशी निर्विरोध निर्वाचित भएको ब्याडमिन्टन सङ्घका निर्वतमान अध्यक्ष मीनराज भट्टले जानकारी दिए । त्यसैगरी सदस्यमा धिरजबहादुर चन्द, सुरेश पन्त, रवी चन्द र गोपालसिंह विष्ट निर्वाचित भएका छन् । 

त्यस्तै, निर्वाचन प्रक्रियाका क्रममा उम्मेदवारबाट सङ्कलित शुल्क रकममध्ये सङ्घले रु ३० हजार ब्याडमिन्टनका खेलाडी क्यान्सरपीडित चेतमान खड्कालाई उपलब्ध गराउने निर्णय गरिएको पनि भट्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा प्रदेशसभा सदस्य ओमविक्रम भाट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत महेशबहादुर बम, जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट, खेलकदुका पदाधिकारी एवं ब्याडमिन्टन सङ्घका पदाधीकारीहरूको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप