कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
शनिबार, २२ वैशाख २०८१, १७ : ०१

नुवाकोट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ककनी गाउँपालिका-५ बस्ने ५८ वर्षीय भरत सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत नुवाकोटको २०७८ पुस २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले नुवाकोट ककनी गाउँपालिका-२ खानीखोलाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के कोरोनाको महामारी फेरि फर्कन सक्छ ?
-
शनिबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला ?
-
बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि...
-
आधा विश्वले जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको सामना गर्योः अध्ययन