शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने प्रधानमन्त्रीको बाचा

मङ्गलबार, २३ जेठ २०८०, १५ : १५
मङ्गलबार, २३ जेठ २०८०

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन् । आजदेखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो बाचा गरेका हुन् ।

उनले भने, ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ । खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौ ।' 

उनले खप्तड विकास कोष वा प्रतिष्ठान  बनाउने विषयमा पनि छलफल गर्ने बताए  । सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको समेत उनको भनाइ थियो ।

सम्मेलनमा रामदेव, बालकृष्ण आचार्य, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री  नारायणकाजी श्रेष्ठलगायत उपस्थित छ । सम्मेलन  २५ गतेसम्म चल्ने छ ।

यसैबीच आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न योग गुरु रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप