शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थाल्यो : नेता केसी

आइतबार, ०७ साउन २०८०, १२ : ३२
आइतबार, ०७ साउन २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले चर्चित भ्रष्टाचार काण्डहरू छानबिन गर्न पार्टीले सहयोग र नेतृत्व लिनुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा उनले भने, ‘भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिन गर्नुपर्छ ।’ पार्टीले भष्ट्राचारविरुद्धको आन्दोलनको नेतृत्व नलिए अर्को चुनावमा जनताका बीचबाट अस्वीकृत हुने उनको भनाइ छ ।

नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको उनको भनाइ छ । ‘नेपाल गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख छ । भ्रष्टाचारको बाढी, ऋणको भारी र शक्तिराष्ट्रका द्वन्द्वको चक्रब्युहतिर हाम्रो भूभाग धकेलिँदैछ । विधिविहिनता, भ्रष्टाचार, दण्डहिनता र कुशासनको दुष्चक्रले राष्ट्रका सम्पूर्ण अङ्गहरूलाई क्षतविक्षत बनाएको छ ।’

आफूले पटकपटक मौखिक र लिखित रुपमा पनि केन्द्रीय समितिमा अर्थतन्त्रमा नै गम्भीर क्षति पु¥याईरहेका आजसम्मका भ्रष्टाचार काण्डहरू उपर सर्बोच्च शक्तिसम्पन्न न्यायिक आयोग गठन गर्न र  कांग्रेस नेतृत्वको सरकारले गरोस् भन्ने प्रस्ताव राखेको केसीले स्मरण गरे ।

‘आज हामी नै किन भ्रष्टाचारको संरक्षक जस्ता आरोप खेप्नुपर्ने विवशतामा पुग्यौं ? यसको बिरुद्ध आन्दोलनको नेतृत्व काँग्रेसले नै गर्नुपर्छ । ललितानिवास र नक्कली भूटानी शरणार्थी काण्डमा हाम्रो मौनताले पार्टी क्षतिग्रस्त हुन्छ भन्ने कुरा नभुलौं,’ उनले भने ।

यस्तै केही केन्द्रीय सदस्यले सभापति नै संस्था हो भन्ने हिसाबले धारणा राखेको भन्दै उनले त्यो कुरा मान्न आफू तयार नरहेको बताए।

‘सभापति नै संस्था हो भन्ने कुरा म मान्दिनँ,’ केसीले भने, ‘ संस्था भनेको विधि, नियम, प्रक्रिया पद्धतिलाई केन्द्रित गराएर एउटा समूहको संगठित आवाज हो संस्था । सभापति मनै राज्य हुन र राज्य नै म हुँ भन्ने हुन सक्दैन’

अहिलको आवश्यकता पात्र नभइ प्रवृति परिवर्तन हुनुपर्ने रहेको उनको भनाइ छ ।

123456

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप