शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गायक तथा सङ्गीतकार चिरञ्जीवीलाई ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान २०८०’ प्रदान

आइतबार, १४ साउन २०८०, १२ : २२
आइतबार, १४ साउन २०८०

काठमाडौँ । गायक तथा सङ्गीतकार चिरञ्जीवी भण्डारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहकाबीच उनलाई उपसभामुख इन्दिरा राना मगर, रेशमलाल चौधरी, रेखा यादव, नेपाल एयरलाइन्सका सिइयो युवराज अधिकारीलगायतले उक्त सम्मान प्रदान गरे ।

भण्डारीलाई नेपाली गीतसङ्गीतमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । उनीसँगै गायिका सामना शाह, गीतकार सुमन वैरागी, गायिका शान्ता जिसी, गजलकार सरला गहा थापा लगायत करिब दुई दर्जन कलाकार सम्मानित भएका थिए ।

नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको व्यक्तिहरूलाई प्रोत्साहन दिने उद्देश्यले सम्मानको गरिएको आयोजक मण्डला इन्टरटेनमेन्टका भरत समारीले बताए । समारी गायक तथा र्यापर हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप