बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले गर्‍यो तीनवटा बैंकलाई कारबाही, कुमारी र हिमालयनले झण्डै २ करोड तिर्नुपर्ने

सोमबार, २२ साउन २०८०, १५ : ५७
सोमबार, २२ साउन २०८०

काठमाडौँ । तीन वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । 

गत आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय बैंकको नीति निर्देशन र कानुनको बाहिर गएर वित्तीय कारोबार गरेरकाले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरिएको हो । 

जसमध्ये नियम विपरीत आर्थिक गतिविधि सञ्चालन गर्ने कुमारी बैंक र हिमालयन बैंकलाई केन्द्रीय बैंकले झण्डै २ करोड रुपैयाँ बराबर जरिवाना गरेको छ । 

कुमारी बैंकले गत आर्थिक वर्षको माघ महिनामा तोकिएको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै केन्द्रीय बैंकले बैंकमाथि ५९ लाख ६३ हजार ६९४ रुपैयाँ २२ पैसा जरिवाना गरेको छ । 

यस्तै, कात्तिक महिनाको सीडी रेसियो कायम नगरेको भन्दै केन्द्रीय बैंकले हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना गरेको छ । 

अर्को प्राइम कमर्सियल बैंकले भने केन्द्रीय बैंकको निर्देशन बमोजिम कायम गर्नेपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, क्यापिटल एकुरेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको र इ.प्रा.नं. १५/०७९ को व्यवस्था विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई प्रथम पटक सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

bank1bank2 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप