शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा प्रहरी प्रशासनविरुद्ध प्रदर्शन

शुक्रबार, २६ साउन २०८०, २२ : १६
शुक्रबार, २६ साउन २०८०

सिरहा । सिरहामा प्रहरी प्रशासनविरुद्ध प्रदर्शन भएको छ । मिटरब्याजीहरुसँग प्रहरी मिलेको भन्दै पीडितहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् । 

आयोग र कानुन बनेपनि पीडितको पक्षमा काम नहुने गरेको भन्दै मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नारााजी गरेका थिए ।
 
प्रहरी प्रशासनले मिटरब्याजीहरुसँग मिलेर काम गर्ने गरेको, मिटरब्याजीलाई राजनीतिक दलका नेताहरुले संरक्षण गरिरहेको, मिलापत्रका लागि बोलाइने छलफलमा मिटरब्याजीहरु आउन अटेरी गर्दा पनि प्रहरी प्रशासनले उनीहरुलाई पक्राउ गर्न ढिलासुस्ती गर्दै आएको पीडितहरुको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप