बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

आइतबार, ३१ भदौ २०८०, १४ : ४८
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । अनोज खड्का र सुष्मा यादवले तेश्रो चेल्सी अन्तरविद्यालय रोड रेस प्रतियोगितामा आइतबार स्वणर् पदक जितेका छन् । ४.५ किलोमिटर दूरीको छात्र स्पर्धामा अनोज र छात्रा स्पर्धामा सुष्मा पहिलो भएका हुन् । दुवै बूढानीलकण्ठ स्कुलका विद्यार्थी हुन् ।

चेल्सी वल्र्ड स्कुलद्वारा आयोजित उक्त प्रतियोगितामा अनोजले निर्धारित दूरी १६.५१ मिनेटमा पूरा गरे । उक्त स्पर्धामा विजय बुढामगर १६.५२ मिनेटको समयसहित दोश्रो र विवेक लामा १६.५३ मिनेटको समयसहित तेश्रो भए । विजय र विवेक पनि बूढानीलकण्ठकै हुन् ।

सुष्माले भने निर्धारित दूरी तय गर्न २१.४१ मिनेट समय खर्चिइन् । २२.३७ मिनेटमा निर्धारित दूरी पार गर्दै बूढानीकलकण्ठकी सुजाता केसी दोश्रो र २३.४० मिनेटको समयसहित हाइली क्रिएटिभकी शभ्यता खड्का तेश्रो भए । 

प्रतियोगितामा बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो । बूढानीलकण्ठले १९ अंक जोड्यो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा.सुधिरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा विभिन्न २० विद्यालयका तीन सय ५० जना प्रतिस्पर्धीको सहभागिता रहेको जानकारी चेल्सीका ईसीए इन्चार्ज राजन न्यौपानेले दिए । दौड अत्तरखेलस्थित नेपाल मेडिकल कजेज चोकबाट सुरु भई विभिन्न भागको परिक्रमा गर्दै अत्तरखेलस्थित आयोजक चेल्सीको प्राङ्गणमा पुगेर टुंगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप