भोलि ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै
काठमाडौँ । ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको छ । असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन लागेको हो ।
नेपालमा विज्ञान शिक्षामा अग्रणी अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थी लगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयका सह–सचिव विश्वबाबु पुडाशैनीले यो वर्ष विज्ञान प्रविधि तथा नवप्रब्रवर्तन प्रवर्द्धन गर्ने धेरै संघ/संस्थाहरुले विभिन्न कार्यक्रमहरु गरेर दिवस मनाउन लागेको बताए । शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुडाशैनीले दिवसको सम्पूर्ण तयारी पुरा भएको र बिहान ८ः३० बजेदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषको हलमा कार्यक्रम गरिने बताए ।
उक्त कार्यक्रममा नवप्रवर्तन प्रणालीको बारेमा प्राविधिक सत्र समेत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव