लघुकथा : तिज
‘ल है बैनी यसपालिको तिजमा हामी सँगै रमाइलो गर्न जानुपर्छ,’ हाम्रो घरमा कोठाभाडा लिएर बस्ने नयाँ बहिनीलाई भनेँ ।
‘हुन त हुन्थ्यो तर हाम्रो त एक जनाको कमाई के गर्नु दिदी । सहरको तिज महँगो हुन्छ । सकिएछ भने अर्को तिजमा जाउँला,’ उसले भनी ।
‘हैन, हामी पनि उस्तै त हो नि भड्किलो हुन दिने हैन । म अचार बनाउँछु । टोलका दिदी बहिनी मिलेर पैसा उठाएर मासु किन्ने र घरबाट नै पकाएर लैजाने हो । भात त घरमा नै खाइन्छ नि । मासु चिउराको खाजा खाएर नाचगान गरेर फर्कने हो । तिजको रमाइलो मात्र हो,’ मैले सधैँ हुने गरेको हाम्रो टोलको मितव्ययी तिजको बारेमा बताएँ ।
उसले एकछिन घोरिएर भनी, ‘आहा कस्तो राम्रो रहेछ । तर, पनि दिदी म अर्को पटक जान्छु ।’
उसको कुराले म अचम्म परेँ । ‘के भयो र तिजको रमाइलो त हो,’ मैले अझै जोड गरिरहेँ ।
‘अरू कपडा के लगाउनु । आफ्नो त सारी पनि छैन,’ उसले आफ्नो समस्या देखाइ ।
‘कस्तो होला बैनी पनि । अरू ठाउँजस्तो सबैले एउटै किसिमको, एकै कलरको सारी लगाएर आउने भने ढर्रा छैन । नयाँ, पुरानो आफूसँग जस्तो छ त्यही लगाए पनि हुन्छ । बिहेको सारी छैन ? त्यही लगाए पनि हुन्छ नि,’ मैले भने ।
उसले मुसुमुसु हाँस्दै भनी, ‘विवाह गरेको भए पो सारी हुनु दिदी । सिधै भागेर आएका हौँ हामी त ।’
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण