बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

शिक्षक महासंघसँग सरकारले थाल्यो वार्ता

बिहीबार, ०४ असोज २०८०, २० : ४२
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । सरकारले शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको छ । शिक्षकहरुको मागको विषयमा बिहीबार साँझदेखि गृह मन्त्रालयमा वार्ता चलिरहेको हो । 

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत छन् । त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु छन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा बुधबारदेखि देशभरका शिक्षक काठमाडौँमा आएर आन्दोलनरत छन् ।  गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले सहमतिको प्रयासस्वरुप वार्ता चलिरहेको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप