शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ : सांसद केसी

शुक्रबार, १९ असोज २०८०, १८ : १९
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन् ।  

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको बताएका हुन् । उनले समाजमा नियोजित रुपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति शतर्क  र गम्भीर हुनुपर्ने बताए । उनले भड्काउन अभिव्यक्तिलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

सांसद केसीले कसैबाट उचालिएर द्वन्द्व चर्किएमा देशमा असंगठित विद्रोह र अराजकताको स्थिति आउने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप