भूकम्प प्रभावितलाई एमाले बागमती प्रदेश संसदीय दलले ५ लाख ७० हजार दिने

हेटौडा । कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएका छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पमा परी जनधन गुमाउन पुगेका नागरिकहरुको सहयोगार्थ ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमालेबाट सांसद बनेकाहरुको तलव सुबिधाको रकम संकलन गरि उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
नेकपा एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधकारहरुका तर्फबाट उक्त रकम सरकारको राहत कोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए । विपतमा परेका नागरिकहरुलाई थोरै भएपनि आआफ्नो स्थानबाट सहयोग गरिनुपर्ने महसुस गर्दै तत्काललाई उक्त रकम उपलब्ध गराउने उनले बताए ।
बागमती प्रदेशसभामा एमालेका २७ जना सदस्यहरु रहेका छन् । उनीहरुले प्रती व्यक्ति मासिक तलब भत्ता र अन्य सुविधा बापत मासिक करिव ७० हजार रुपैयाँ भन्दा बढि रकम बुझ्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा