शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२० अर्ब २५ करोडको ट्रेजरी बोलकबोल गर्दैै राष्ट्र बैंक

सोमबार, १६ पुस २०८०, १० : ३४
सोमबार, १६ पुस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस १७ गते मंगलबार जारी गर्नेगरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कूल २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । 

बैंकको सूचना अनुसार कुल रकममध्ये ९१ दिने ट्रेजरीका लागि ७ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनेका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । 
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । 

यसअघि केन्द्रीय बैंकले पुस ८ गते १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप