२० अर्ब २५ करोडको ट्रेजरी बोलकबोल गर्दैै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस १७ गते मंगलबार जारी गर्नेगरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कूल २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो ।
बैंकको सूचना अनुसार कुल रकममध्ये ९१ दिने ट्रेजरीका लागि ७ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनेका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ ।
यसअघि केन्द्रीय बैंकले पुस ८ गते १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण