भूकम्प प्रभावितहरूलाई घर बीमा हस्तान्तरण

रुकुम पश्चिम । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी सुर्खेतले भूकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका केही घरधनीहरूलाई घर बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।
चौरजारी स्थित लक्ष्मी सनराइज बैंकका शाखा प्रमुख प्रमुख सुधीर शाह र युनाइटेड अजोडका तर्फबाट सुर्खेत शाखा प्रमुख धिरेन्द्र कुमार शाहीले चेक हस्तान्तरण गरेका हुन् । चौरजारी नगरपालिका भित्र धनजनको क्षती भएकाहरूको घरदैलोमै पुगेर सम्पत्ति बीमालेख अन्तर्गत घर बीमा दाबी रकम हस्तान्तरण गरिएको हो ।
शाखा प्रमुख शाहीका अनुसार नौ जनालाई ११ लाख बराबरको दाबी बीमा दिइएको छ भने एक जना मुसिकोट नगरपालिकाका प्रभावित पनि रहेका छन् । ‘प्राकृतिक विपत्तिले क्षति पुग्दा पनि बीमा पाउँदो रहेछ भन्ने कुरा नागरिकलाई थाहै रहेनछ, बीमा रकम पाउँदा भूकम्प प्रभावितहरू निकै खुसी हुनुभयो,’ शाहीले भने ।
चेक हस्तान्तरणका क्रममा स्थानीय हर्कबहादुर विष्टले बीमा बैङ्क मार्फत मात्रै नभई स्वयम् आफैले पनि बीमा गर्नुपर्ने रहेछ भन्ने कुराको महसुस भएको बताए । लक्ष्मी सनराइज बैङ्क चौरजहारीबाट व्यापार, व्यवसायका लागि कर्जा लिएका ग्राहकको सम्पत्ति बीमा बैङ्कले युनाइटेड अजोड इन्स्योरेन्सबाट गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह