बिहीबार, १० साउन २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टीले श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ : झलनाथ खनाल

सोमबार, १५ माघ २०८०, १७ : २१
सोमबार, १५ माघ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादी मात्र रहेको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै नेता खनालले अन्य पार्टीहरू नामका मात्रै कम्युनिस्ट पार्टी रहेको बताए ।

‘जति पनि कम्युनिस्ट पार्टी छन् ती कम्युनिस्ट पार्टीहरू नामका कम्युनिस्ट पार्टी भए पनि समाजवादी क्रान्ति हाँक्ने पार्टी बन्न सकेका छैनन् । त्यस्तो पार्टी बनाउने जिम्मा आज हाम्रो पार्टीको काँधमा आएको छ’, नेता खनालको भनाइ छ । नेता खनालले परिषद् बैठकमा एउटै एजेन्डामा मात्र छलफल भएको र विधान कसरी परिष्कृत गर्ने भन्नेबारेमा छलफल भएको भन्दै उनले अझै पार्टी विधानमा धेरै कुरा सच्चाउनुपर्ने रहेको बताए ।

विधानको पहिलो वाक्य पढ्दै खनालले भने, ‘नेपाल कम्युनिस्ट पार्टी आम नेपाली जनता तथा श्रमजीवी सर्वहारा वर्गको हित र प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो ।’ उनले नेपाल कम्युनिस्ट पार्टी भनेको श्रमजीवी वर्गको पार्टी हुनुपर्ने भन्दै सबैको प्रतिनिधित्व गर्ने पार्टी हुन नसक्ने बताए । ‘सबै वर्गको प्रतिनिधित्व गर्ने पार्टी हुँदैन । तर कम्युनिस्ट पार्टीले श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ । त्यसैले विधानमा सच्याउनुपर्ने धेरै कुरा छन्’, उनले विधानमा रहेको अर्को वाक्यांश पढ्दै ‘लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवाद भनेको के  हो ?’ भनेर प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप