बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘महाजात्रा’ स्वदेश र विदेशमा एकसाथ प्रदर्शन हुने

बुधबार, १६ फागुन २०८०, १२ : २६
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेक अन्य देशको प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टसले प्रदर्शनका लागि वितरण गर्दै छ । उक्त कम्पनीका अनुसार संयुक्त राज्य अमेरिका र क्यानडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई नेपाल प्रदर्शन समयमै प्रदर्शन गर्नेछ ।

नेपाली फिल्मको बजार विस्तार र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका एमएसएम इन्टरटेनमेन्टस्ले ‘जात्रा’का दुवै शृङ्खला दर्शकको मन जितेको कारण विश्वभर एकसाथ प्रदर्शन हुन लागेको  बतायो । कम्पनीका सञ्चालक छत्र थापाले प्रवासमा रहनु भएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँको समूहलाई अन्यको तुलनामा बढी विश्वास गर्नुका साथै आशावादी रहने गरेको बताए । 

वितरक थापाले भने, ‘नेपाल झैँ विदेशमा दर्शकको प्रतीक्षामा रहनुमा जात्राको अघिल्लो शृङ्खलाले बनाएको ब्रान्डको विश्वसनीयता र सफलता पनि हो ।’  फिल्मका कार्यकारी निर्माता अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताए । ‘हामीलाई दर्शकसँगै समीक्षक मार्फत पाएको प्रतिक्रियाले समेत शृङ्खलालाई निरन्तर दिन हौसाएको हो’, बानियाँले थपे ।

आपत्कालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’का लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । 

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप