सर्लाहीमा बसको ठक्करबाट साइकलयात्री घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
बसमा लगाएको आगो तत्काल नियन्त्रणमा
सोमबार, २८ फागुन २०८०, १३ : ३३
काठमाडौँ । सर्लाहीमा बसले ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् । कविलासी नगरपालिका–१० स्थित सलेमपुरमा बसले ठक्कर दिँदा साइकल चालक जुगल किशोर महतो घाइते भएका हुन् ।
महतोलाई थप उपचारका लागी हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए ।
ठक्कर दिएपछि बस स्थानीयले बस जलाउने प्रयास गरेका छन् । घटनास्थलमा तत्काल प्रहरी पुगेर बसमा लगाएको आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । प्रहरीले अर्को सवारीको सहयोगमा तानेर ग.२ ख १४४० नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याएका छन् ।
बसका चालक फरार छन् । चालकको पहिचान खुलेको र खोजी कार्य भइरहेको ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण