६७ लाख बढी मूल्य बराबरको सामानसहित पाँचवटा ट्रक प्रहरीको नियन्त्रणमा
वीरगन्ज । प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । पर्सा प्रहरीले वीरगन्जका विभिन्न ठाउँबाट विलविजक भन्दा बढी लोड गरिएका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार छलीका सामानसहित ५ वटा ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए । नियन्त्रणमा लिएका ट्रकसहित सबै सामान करिब ६७ लाख ६१ हजार ५ सय ९४ रुपैयाँ मूल्य बराबरको रहेको ढुङ्गेलले बताए ।
लत्ताकपडा, खुद्रा सामान, प्याज, खाद्यान्न तथा हार्डवेयर पार्टस बरामद भएको पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रहरीको भन्सार छली रोकथाम विशेष टोलीले वीरगन्जको घण्टाघरबाट ना ३ ख ७६५६ र प्रदेश ३–०३–००१ ख ००९८ नम्बरको मालवाहक गाडीबाट खाद्यान्न खुद्रा सामान बरामद गरेको छ भने ड्राइपोर्ट एरियामा बीआर ५ जी ९९९२ पिकअप गाडीबाट कुर्ता सुरुवाल बरामद गरेको छ ।
यसैगरी गण्डकमा ना ३ ख ३७४ र ना ३ ख ४८७७ नम्बरको मालवाहक ट्रक बरामद गरिएको छ । ती ट्रकबाट खाद्यान्न तथा खुद्रा सामानहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै रजत जयन्ती चोकबाट हार्डवेयर मोटर पार्टस र रेल्वे रोडबाट चक्लेटहरु बरामद गरिएको ढुङ्गेलले बताए ।
बरामद सबै सामान तथा मालवाहक गाडीहरू आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया बुझाइएकाे प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव