शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रामायणमा मन्दोदरीको भूमिकामा देखिँदैछिन् यी टिभी स्टार

बिहीबार, १५ चैत २०८०, ११ : ४१
बिहीबार, १५ चैत २०८०

नयाँ दिल्ली । नितेश तिवारीको रामायण लामो समयदेखि चर्चामा छ । फिल्ममा कुन पात्रमा कुन कलाकारलाई देख्न पाइएला भन्ने चासो दर्शकमाझ निकै धेरै छ । फिल्ममा रावणको चर्चा भइरहँदा उनको पत्नी मन्दोदरीको भूमिकाको पनि चर्चा भइरहेको छ । फिल्ममा कन्नड स्टार यशले रावणको भूमिका निभाउन सक्ने बताइएको छ । तर यसको घोषणा अहिलेसम्म फिल्म निर्माताहरूले गरेका छैनन् ।

यसैबिच फिल्ममा रावणको पत्नीको भूमिकामा चर्चित टिभी स्टार एवम् आमिर खानकी अभिनेत्रीलाई देखिन सक्ने अनुमान भइरहेको छ । मन्दोदरीको भूमिकामा साक्षी तनवरको नाम अगाडि आइरहेको छ । दैनिक जागरणमा छापिएको खबरका अनुसार साक्षी मन्दोदरीको भूमिकामा काष्ट हुन सक्नेछिन् । साक्षी यस अघि नितेश तिवारीको निर्देशनमा बनेको आमिर खानको दंगलमा देखिएकी थिइन् । उक्त फिल्ममा साक्षीले आमिरको पत्नीको भूमिकामा निभाएकी थिइन् । साक्षी फिल्मको स्क्रिप्ट पढ्ने सेसनमा सहभागी भइरहेको बताइएको छ ।

फिल्ममा रणवीर कपूर राम बन्दैछन् भने साई पल्लवी सिताको भूमिकामा देखिनेछिन् । रामायणमा रावण बन्न यशले १५० करोड भारु लिने चर्चा भइरहेको छ । यो भनेको हिन्दी सिनेमामा खलनायकले लिने अहिलेसम्मकै सबैभन्दा धेरै पारिश्रमिक हुने बताइएको छ । रामायण यशको बलिउड डेब्यू हुनेछ । फिल्ममा अन्य सम्भावित कलाकारबारे पनि चर्चा भइरहेको छ । तर मेकरहरुले यो फिल्मलाई सस्पेन्समा राखेका छन् । खासै जानकारीहरू  शेयर गरेका छैनन् । यो फिल्मको सुटिङ आगामी महिना सुरु हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप