बाल कलाकारका साथमा रामायणको छायाङ्कन सुरु
नयाँ दिल्ली । निर्देशक नितेश तिवारीले आफ्नो करियरको सबैभन्दा महत्त्वपूर्ण फिल्म ‘रामायण’को सुटिङ सुरु गरेका छन् । अप्रिल २ गतेदेखि मुम्बईको फिल्म सिटीमा फिल्मको छायाङ्कन सुरु भएको हो । कलाकारहरूले लगाउने पोसाकमा दोहोर्याएर काम गर्नु पर्दा फिल्मको छायाङ्कन ढिलो भएको थियो । तर अब सबै कुरा मिलिसकेको अनि रणवीर कपुर, यश र साई पल्लवीको फिल्म रामायण फ्लोरमा गएको बताइएको छ ।
सुटिङ सुरु हुनुअघि रणवीर कपुर, यश र साई पल्लवीले नयाँ पहिरन लगाएर लुक टेस्ट दिएका थिए । यसपछि मात्र शुटिङले अनुमति पाएको थियो । रामायणमा यश लंकापति रावणको भूमिका निभाइरहेका छन् भने रणवीर कपुरले भगवान् राम र साई पल्लवी सीताको भूमिका देखिनेछिन् । प्रारम्भिक सुटिङ शेड्युलमा फिल्मका लिड कलाकारहरू सहभागी नहुने बताइएको छ ।
नितिश तिवारीको यस बहुचर्चित फिल्मका लागि मुम्बईको फिल्म सिटीमा भव्य गुरुकूलको सेट तयार पारिएको छ । यहाँ फिल्मको पहिलो शेड्युलको सुटिङ हुनेछ । फिल्मका बाल कलाकारहरू यसमा सहभागी हुने बताइएको छ । भेषभूषाका कारण लामो समयदेखि रामायणको सुटिङमा ढिलाइ भइरहेको थियो ।
पोसाकको समस्या समाधान भएपछि रामको भूमिका निर्वाह गर्ने रणवीर र रावणको भूमिका निभाउन लागेका यशको बडी डबलको लागि अडिसन गरिएको थियो । लिड कलाकारहरूले रामायणको सुटिङ कहिलेबाट सुरु गर्छन् भन्ने टुङ्गो भने लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण