मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बाल कलाकारका साथमा रामायणको छायाङ्कन सुरु

बुधबार, २१ चैत २०८०, १२ : २६
बुधबार, २१ चैत २०८०

नयाँ दिल्ली । निर्देशक नितेश तिवारीले आफ्नो करियरको सबैभन्दा महत्त्वपूर्ण फिल्म ‘रामायण’को सुटिङ सुरु गरेका छन् । अप्रिल २ गतेदेखि मुम्बईको फिल्म सिटीमा फिल्मको छायाङ्कन सुरु भएको हो । कलाकारहरूले लगाउने पोसाकमा दोहोर्‍याएर काम गर्नु पर्दा फिल्मको छायाङ्कन ढिलो भएको थियो । तर अब सबै कुरा मिलिसकेको अनि रणवीर कपुर, यश र साई पल्लवीको फिल्म रामायण फ्लोरमा गएको बताइएको छ ।

सुटिङ सुरु हुनुअघि रणवीर कपुर, यश र साई पल्लवीले नयाँ पहिरन लगाएर लुक टेस्ट दिएका थिए । यसपछि मात्र शुटिङले अनुमति पाएको थियो । रामायणमा यश लंकापति रावणको भूमिका निभाइरहेका छन् भने रणवीर कपुरले भगवान् राम र साई पल्लवी सीताको भूमिका देखिनेछिन् । प्रारम्भिक सुटिङ शेड्युलमा फिल्मका लिड कलाकारहरू सहभागी नहुने बताइएको छ ।

नितिश तिवारीको यस बहुचर्चित फिल्मका लागि मुम्बईको फिल्म सिटीमा भव्य गुरुकूलको सेट तयार पारिएको छ । यहाँ फिल्मको पहिलो शेड्युलको सुटिङ हुनेछ । फिल्मका बाल कलाकारहरू यसमा सहभागी हुने बताइएको छ । भेषभूषाका कारण लामो समयदेखि रामायणको सुटिङमा ढिलाइ भइरहेको थियो । 

पोसाकको समस्या समाधान भएपछि रामको भूमिका निर्वाह गर्ने रणवीर र रावणको भूमिका निभाउन लागेका यशको बडी डबलको लागि अडिसन गरिएको थियो । लिड कलाकारहरूले रामायणको सुटिङ कहिलेबाट सुरु गर्छन् भन्ने टुङ्गो भने लागेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप