शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माई सेकेन्ड टिचरद्वारा सुदूरपश्चिममा पहिलो स्मार्ट स्कूलको अनावरण

बिहीबार, २२ चैत २०८०, १३ : ३८
बिहीबार, २२ चैत २०८०

 काठमाडौँ ।  अनलाइन शिक्षा प्रदायक माई सेकेन्ड टिचरले राष्ट्रिय परीक्षा बोर्डका लागि डिजिटल अध्ययन सामग्रीहरू उपलब्ध गराउन सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) सँग साझेदारी  गरेको घोषणा गरेको छ । २१ चैतमा, एसपीए कलेजलाई नेपालको पहिलो सुदूरपश्चिम माई सेकेन्ड टिचर  नेपाल स्मार्ट स्कूलको रूपमा तोक्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । 

माई सेकेन्ड टिचर एक अग्रणी ग्लोबल एडटेक प्लेटफर्म हो भने जसको उपस्थिति ५० देशहरूमा छ । जसमा क्याम्ब्रिज  विद्यालय सहित ९००० भन्दा बढी विद्यालयहरूमा विश्वव्यापी रूपमा उपयोग भैरहेको छ । 

माई सेकेन्ड टिचरले नेपाल  पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमहरू ३५०० भन्दा बढी भिडियोहरूमा पङ्क्तिबद्ध गरेको छ । जसको प्रयोगबाट  विद्यार्थीहरूले उनीहरूको अध्ययन तथा परीक्षामा राम्रो गर्न मद्दत गर्दछ ।

 विद्यार्थीहरूले माई सेकेन्ड टिचरको  अन्तरक्रियात्मक भिडियोहरू, निदान रिपोर्टहरू, परीक्षण पत्रहरू, र अन्य उपकरणहरूको मद्दतले आफ्नो प्रगति र  अध्ययनलाई सफलतापूर्वक मापन गर्न सक्छन्। प्रविधि र अध्यापन साझेदारको रूपमा विश्वव्यापी रूपमा प्रयोग  हुँदै आएको प्रविधिमा अत्याधुनिक शैक्षिक प्रगतिहरू कार्यान्वयन गर्नका लागि माई सेकेन्ड टिचर र  एसपीएको साझेदारी घोषणा गर्न पाउँदा हामी हर्सित भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

एसपीए कलेजका प्रधानाध्यापक सुवास शाहीले भने, “हामी हाम्रा विद्यार्थीहरुका लागि सिकाई अनुभव  बढाउन माई सेकेन्ड टिचरसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ । राष्ट्रिय परीक्षा बोर्ड पाठ्यक्रमसँग पङ्क्तिबद्ध  शैक्षिक सामग्रीहरूको बृहत् संग्रहले हाम्रा विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता हाँसिल गर्न निःसन्देह फाइदा  पु¥याउँछ ।’

‘हामी विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न र शैक्षिक रूपमा फस्टाउन आवश्यक शैक्षिक समग्री र  उपकरणहरू प्रदान गर्ने आशा गर्दछौ,’ आइएनजीका संस्थापक अध्यक्ष  सुलभ बुढाथोकीले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप