बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट बन्दुक र मृगको छालासहित एकजना पक्राउ

आइतबार, २५ चैत २०८०, २२ : ०९
आइतबार, २५ चैत २०८०

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२० स्थित भलामखोरबाट प्रहरीले दुई नाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसी छन् । 

अवैध शिकार गर्ने गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । उनको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले मृगको छाला, खुट्टा र पुच्छर सहितको आलो मासु बरामद गरेको छ ।  

भरुवा बन्दुकको खाली टोटा १३ थान र भरी खोका १ थान तथा २० ग्राम बारुद बरामद गरिएको एसपी थापाले जानकारी दिए । आरोपीलाई कानूनी कारवाहीका लागी जिल्ला बन कार्यालयमा पठाउने प्रहरीको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप