आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान शासन सत्ताका वरपर लुटतन्त्र हाबी छ : सांसद केसी

आइतबार, ०२ वैशाख २०८१, १३ : २०
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताएका छन् । आइतबार काठमाडौँमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी भएको बताए । उनले देश असन्तोष, अराजकता र विद्रोहतिर उन्मुख भएको बताए । उनले अहिलेको परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरू एक हुनुपर्ने आवश्यकता रहेको बताए । सिंहले देशको राष्ट्रिय अवस्था सोचेको जस्तो सहज नरहेको बताए ।

‘अहिले राष्ट्रिय परिस्थिति नाजुक छ । आम जनतामा निराशा छ । असन्तोष छ । यथास्थितिवाद छ । यथास्थिति भन्नाले अहिलेको अवस्थाको विरोधमा छ’ उनले भने, ‘वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र छ । लुटतन्त्रबाट देश वास्तवमै असन्तोष छ । त्यसैले जहाँ जहिले पनि निराशा र असन्तोष छ । असन्तोषबाट अराजकता, अराजकताबाट विद्रोहतिर उन्मुख छ । यो परिस्थिति जुन देखिएको छ, त्यसलाई सम्हाल्नुपर्ने सबै राजनीतिक दलहरूलाई चुनौती छ ।’ 

नेता केसीले परराष्ट्र नीतिलाई राष्ट्रिय सहमतिको साझा दस्ताबेज बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले अहिले सरकार सरकार जसरी चल्न नसकेको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप