बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
मतदान

भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?

शुक्रबार, ०७ वैशाख २०८१, २१ : ५९
शुक्रबार, ०७ वैशाख २०८१

नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव २०२४ को पहिलो चरणको मतदान भयो । शुक्रबार २१ राज्य र केन्द्र शासित प्रदेशका कुल १०२ सिटका लागि मतदान भएको थियो । 

पहिलो चरणमा मतदान भएका सिटमध्ये तमिलनाडुका सबै ३९, राजस्थानका १२, उत्तर प्रदेशका ८, मध्य प्रदेशका ६, उत्तराखण्डका सबै पाँच, महाराष्ट्रका पाँच, आसाम र बिहारका चार–चार सिटमा मतदान भएको थियो ।

बंगालमा मणिपुर, मेघालय, अरुणाचल प्रदेशमा तीन–तीन सिट, छत्तीसगढ, मिजोरम र त्रिपुरामा एक–एक सिट समावेश गरिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार साँझ ५ बजेसम्म १०२ सिटमा करिब ६० प्रतिशत मतदान भएको छ । दिउँसो ३ बजेसम्म ४९ दशमलव ७८ प्रतिशत मतदान भएको थियो । मतदान भएको १०२ सिटमध्ये २०१९ मा ६९ दशमलव ९६ प्रतिशत मतदान भएको थियो ।

लोकसभा चुनावको पहिलो चरणमा साँझ ५ बजेसम्म १०२ सिटमा कुल ५९.७% मतदान भएको छ । सबैभन्दा बढी मतदान बंगालको जलपाईगुडीमा ७९ दशमलव ३३ प्रतिशत थियो । सबैभन्दा कम बिहारको नबादा सिटमा न्यूनतम ४०.२ प्रतिशतले मतदान गरेका छन् ।

पश्चिम बंगालमा ७७ दशमलव ५७ प्रतिशत र त्रिपुरामा ७६ दशमलव१० प्रतिशत मत खसेको थियो । उत्तर प्रदेशमा ५३ दशमलव ५६ प्रतिशत, जम्मू कश्मीरको उधमपुर सिटमा ६५ दशमलव शून्य ८ प्रतिशत र मध्य प्रदेशमा ६३ दशमलव २५ प्रतिशत मतदान भएको थियो । बिहारमा साँझ ५ बजेसम्म मात्र ४६ दशमलव ३२ प्रतिशत मत खसेको थियो ।

मणिपुरमा हिंसा

मणिपुरको भित्री मणिपुर सिटमा शुक्रबार मतदानका क्रममा हिंसा भएको खबर आएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार इम्फाल पश्चिमको इरोइसेम्बा मतदान केन्द्रमा ईभीएम तोडफोड गरिएको छ ।

‘केही महिलाले चुनावमा अनियमितता भएको आरोप लगाएर हंगामा गरेपछि इम्फालको ५ थोन्जु, ३१ खोङ्मान जोनमा मतदान रोकिएको छ । मतदान अधिकृतले मतदान केन्द्र बन्द गरिदिएका छन्,’ समाचार एजेन्सी एएनआईले पनि मणिपुरको मतदान केन्द्रको भिडियो साझा गर्दै भनेको छ ।

कुचबिहारमा बीजेपी–टीएमसी कार्यकर्ताबिच ढुंगा हानाहान

पश्चिम बंगालको कुचबिहारमा भाजपा र टीएमसी कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । तृणमूल कांग्रेसका कार्यकर्ताहरूले कुचबिहारको तुफानगंजमा मतदान केन्द्रमा भएको हिंसामा भाजपा कार्यकर्ताहरू संलग्न भएको आरोप लगाएको् थियो । त्यहाँ तृणमूलका कार्यकर्ता र भाजपा कार्यकताहरुबीच मारपिट भएको छ । यो घटनामा धेरै जना घाइते भएको बताइएको छ । भाजपा कार्यकर्ताहरूले हतियार लिएर बुथको अगाडि उभिएर मतदाताहरूलाई धम्क्याइरहेको टीएमसीले भनेको थियो ।

इम्फालमा ईभीएम जलाएर तोडफोड

पूर्वी इम्फालको मोइराङकम्पुमा चुनावका क्रममा आगजनीको घटना सार्वजनिक भएको छ । यहाँ प्रदर्शनकारीहरुले ईभीएम मेसिन जलाएका थिए । इम्फाल पूर्वी जिल्लाको खुराई लैखुतलेन्बीमा आक्रोशित मानिसहरूले ईभीएम मेसिन तोडफोड गरेका छन् । हतियारधारी बदमासहरुले आफूले हाल्नु पर्ने भोट हालेको आरोप ती मानिसको थियो । मणिपुरको विष्णुपुरमा पनि मतदानका क्रममा गोली चलेको छ । यस चरणमा मणिपुरको दुई लोकसभा सिट (मणिपुर इनर र मणिपुर बाहिरी)मा मतदान भइरहेको छ । हिंसाका कारण अप्रिल २६ मा बाहिरी सिटका केही भागमा मतदान पनि हुनेछ ।

छत्तीसगढमा बुथ नजिकै बम विस्फोट, एक सैनिकको मृत्यु

छत्तीसगढको बीजापुरको उसूर पुलिस स्टेशन क्षेत्रको गलगाममा मतदान केन्द्रबाट ५०० मिटर टाढा ग्रेनेड विस्फोट भएको थियो । विस्फोटमा घाइते सीआरपीएफ–१९६ बटालियनका सिपाही शहीद भएका छन् ।

कुचबिहारमा सीर्एपीएफ जवानको मृत्यु

बंगालको कुचबिहारमा मतदान ड्युटीमा रहेका एक जना सीएपीएफ जवानको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार सैनिकको नाम नीलेश कुमार हो । उनी बिहारबाट चुनावी ड्युटीमा आएका थिए । उनी बिरामी हालतमा भेटिएपछि साथीहरुले उनलाई अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका ।

नागाल्याण्डका ६ जिल्लामा मतदान शून्य

नागाल्याण्डका मोन, लङलेङ, टुएनसाङ, नोक्लाक, शमाटोर र किफिरे गरी ६ जिल्लामा झण्डै शून्य प्रतिशत मतदान भएको छ । यी सबै जिल्ला पूर्वी नागाल्याण्डमा पर्छन् । पूर्वी नागाल्याण्ड जन संगठनले यी जिल्लाहरूको लागि छुट्टै प्रशासन र ठूलो आर्थिक स्वतन्त्रताको माग गरिरहेको छ

प्रधानमन्त्रीले ५ भाषामा ट्विट गर्दै भोट हाल्न गरेका थिए अपिल

शुक्रबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई भोट हाल्न अपिल गरेका थिए । उनले हिन्दी, तमिल, मराठीलगायत ५ भाषामा ट्वीट गरेका थिए ।

२०१९ मा १०२ सिटमध्ये भाजपाले ४० सिट जितेको थियो

सन् २०१९ मा यी १०२ लोकसभा सीटहरू मध्ये, भाजपाले ४०, डीएमकेले २४ र कांग्रेसले १५ सिट जितेको थियो । अन्यले २३ सिट पाएका थिए । यो चरणमा अधिकांश सिटका लागि यी तीन दलबिच प्रतिस्पर्धा छ ।

पहिलो चरणमा १,६२५ उम्मेदवार

पहिलो चरणमा १ हजार ६२५ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये १ हजार ४९१ पुरुष र १ सय ३४ महिला उम्मेदवार छन् । यसपटक ८ केन्द्रीय मन्त्री, एक पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल पनि चुनावी मैदानमा छन् ।

यस चरणपछि दोस्रो चरणको मतदान २६ अप्रिलमा हुनेछ । कूल ७ चरणमा ५४३ सिटका लागि मतदान १ जुनमा समाप्त हुनेछ । सबै सिटको नतिजा असार ४ गते आउनेछ ।

एजेन्सीहरुको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप