शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

शनिबार, ०८ वैशाख २०८१, १३ : ०६
शनिबार, ०८ वैशाख २०८१

तनहुँ । तनहुँमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ६ का २६ वर्षीय दीपक विक रहेका छन् । ७६ वर्षीय रापबहादुर विकलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित छोरी रस्मी विकको घरमा बस्दै आएका रापबहादुरलाई दीपकले हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप