शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुग्यो अमेरिका

आइतबार, ०९ वैशाख २०८१, ०९ : ४७
आइतबार, ०९ वैशाख २०८१

वाशिङटन डीसी । अमेरिका चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुगेको छ । शनिबार त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमा टिकटकमा प्रतिबन्ध लगाउन सकिने विधेयक पारित गरेको छ । यसको पक्षमा ३६० र विपक्षमा ५८ मत खसेको थियो । 

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको अमेरिकामा १७ करोड प्रयोगकर्ता छन् । एपलाई अमेरिकामा टिकाइराख्न कम्पनी यतिबेला संघर्षरत् छ । सप्ताहन्तमा तल्लो सदनले पारित गरेको विधेयक मार्चमा पारित भएको विधेयक जस्तै छ । 

सो विधेकमा बाइटडान्सले टिकटकलाई नबेचेसम्म यसलाई अमेरिकी एप स्टोरहरूमा निषेध गरिने बताइएको थियो । युक्रेन र इजरायललाई सहयोग गर्ने विधेयकसँगै जोडेर शनिबार टिकटकसम्बन्धी विधेयक सदनमा पेस गरेको थियो । माथिल्लो सदनले यो विधेयक चाँडै पारित गर्ने अपेक्षा गरिएको छ ।

आफ्नो डेस्कसम्म आइपुग्यो भने आफूले टिकटक विधेयकमा हस्ताक्षर गर्ने बाइडेले यस अघि नै बताएका थिए । विधेयकले टिकटकलाई नयाँ मालिक खोज्न २७० दिनको समय दिनेछ । टिकटकको अमेरिकी व्यवसाय बेच्ने मामिलामा प्रगति भइरहेको राष्ट्रपतिलाई लाग्यो भने थप ९० दिनको म्याद पनि थपिनेछ । टिकटकले खुलेरै यो विधेयकको विरोध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप