शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

आइतबार, ०९ वैशाख २०८१, २१ : ४४
आइतबार, ०९ वैशाख २०८१

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको दिएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका प्रतिधिसँग आज हेटौँडामा भएको छलफलमा उनले कला, संस्कृति संरक्षण गर्ने ऐन पनि तत्काल मस्यौदा हुने जानकारी दिए । 

बागमती प्रदेशमा बहुसङ्ख्यकले बोल्ने तामाङ र नेपाल भाषा (नेवारी) लाई सरकारी कामकाजका रूपमा कार्यान्वयन भएको घोषणा गरिने तयारी भएको जानकारी दिँदै उनले भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर एक सय १९ स्थानीय तह र एक हजार एक सय २१ वटा वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको बताए । 

उनले भने ,“सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा भाषा विधेयक हो । प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पारित हुन्छ ।”

छलफलमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, लगायत नेवाः राष्ट्रिय मुक्ति मोर्चाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप