शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान

मङ्गलबार, ११ वैशाख २०८१, १२ : ५६
मङ्गलबार, ११ वैशाख २०८१

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानको देशले कठोर प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

सिरियामा रहेको इरानी वाणिज्य दूतावास विरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायल विरुद्ध हालै गरेको ठुलो प्रतिकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उनले राजधानी तेहरानमा सो टिप्पणी गरेका हुन् । 

कनानीले इरानको कूटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र नियमहरूको आक्रामक उल्लङ्घन भएको बताए । उनले तेहरानले आफ्नो प्रतिरोधात्मक अपरेसन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिए । 

सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप