शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह गर्दै अभिनेत्री मञ्जिता

बुधबार, १२ वैशाख २०८१, २१ : ०५
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । अभिनेत्री मञ्जिता केसीले विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले आगामी असार २८ गते शुक्रबार प्रकाश केसीसँग विवाह गर्न लागेकी हुन् ।

प्रकाशसँग उनले हालै इन्गेज्मेन्ट गरेकी हुन् । जसको जानकारी उनले तस्बिर सार्वजनिक गर्दै गराएकी छन् ।

manjita-kc

‘च्याम्पियन’ फिल्ममार्फत रजतपटमा डेब्यू गरेकी यी अभिनेत्रीले लोक, आधुनिक, पप, पञ्जेबाजा आदि गरी पाँच सयभन्दा बढी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले केही सर्ट फिल्म, टेलिश्रृंखलामा पनि अभिनय गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप