त्यही चौतारी
त्यही चौतारी
त्यही शीतल छहारी
कति प्रेमीहरू भेटिए
एक अर्काको हात समाए
कति कति वाचाहरू गरे
कति कति मीठा संवाद भए
इच्छा, रहर, यौवन पलाए
रङ्गिला सपनाहरू सजाए
दिलका रसिला प्यास बुझाए
त्यो सङ्गम
त्यो मिलन
कहिले रमाउँदै पुग्थ्यो
हिउँका डल्लाले एक अर्कालाई
हिर्काउँदै जिस्काउँदै
सगरमाथाको चुचुरोसम्म
कहिले खुसी हुँदै पुग्थ्यो
लहरहरू बनेर सँगसँगै
डुबुल्की मार्दै पौडँदै
सागरको गहिराइसम्म
यसरी मनसँग मन नजिक
झन् नजिक हुँदै
माया फुल्थ्यो कसैको
हाँसो र आनन्द छाउँथ्यो
त्यही चौतारीमा
तर कसैको मनसँग मन टाढा
झन् टाढा हुँदै
माया मुर्झाउथ्यो कसैको
रसाएर गह परेलीले पुछ्दै
त्यही चौतारीमा
त्यो चौतारीबाट जाँदा
कोही हात समातेर गए
कहिले नछुट्टिने वाचा गरेर
मुस्काउँदै गुनगुनाउँदै आनन्दले
सँगै जीवन बिताउने प्रण गरेर
त्यही चौतारीबाट जाँदा
कोही हात छोडाएर गए
अन्योल शून्यतामा अलमलिएर
आँसु बगाउँदै पर पर लाग्दै
राप्ती नदीको दुई किनारा भएर
त्यही चौतारी
कसैको लागि प्रेम चौतारी भए
त्यही चौतारी
कसैको लागि बिछोड चौतारी भए
त्यही चौतारी
त्यही शीतल छहारी
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण