शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

शनिबार, २२ वैशाख २०८१, १२ : १०
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ । 

बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । साथै समसामयिक विषय र सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल हुने भएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ देखि सुरु हुने गरी सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप