शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने

बिहीबार, १३ वैशाख २०८१, १० : ३१
बिहीबार, १३ वैशाख २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र कुनै भवन बनाउँदै हुनुहुन्छ वा पुरानो घरमा नयाँ संरचना थप्दै हुनुहुन्छ भने काठमाडौं महानगरपालिकालाई भवन निर्माण इजाजत शुल्क तिर्नुपर्छ । यो शुल्क भुक्तानी नगरी नयाँ घर वा पुरानो घरमा तला थप्न, वा नयाँ संरचना थप्न पाइँदैन । 

पहिला यो शुल्क तिर्नको लागि काठमाडौं महानगरपालिका अन्तर्गतको विभाग वा वडा कार्यालयमा पुगेर नै तिर्नुपर्ने बाध्यता थियो । कार्यालयहरुमा यस्तो शुल्क भुक्तानी गर्नेहरुको भिडभाड नै हुन्थ्यो तर अब यस्तो झन्झट र भिडभाड विनै अनलाइनबाट आफूले चाहेको समयमा तुरुन्तै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने भएको छ । 

एन आई सी एशिया बैंकले ल्याएको छ अनलाइनबाटै यो शुल्क तिर्न सकिने सुविधा । यस बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवा (मोबैंक)बाट तुरुन्त तिर्न सकिने व्यवस्था मिलाएको छ । 

यस बैंकको मोबाइल एप मोबैंकबाट भवन निर्माण इजाजत शुल्क तिर्न तपाईंको मोबाइलमा मोबैंक एप हुनुपर्छ । यदि यस बैंकको मोबाइल एप मोबैंक चलाइरहनु भएको छ भने ‘मोबैंक हब पेमेन्ट’ अन्तर्गत केएमसी भन्ने अप्सन देखिनेछ । 

‘केएमसी’ अप्सनमा ट्याप गरेपछि अब भवन ‘निर्माण इजाजत भुक्तानी’ भन्ने अप्सन देखिनेछ । यहाँ रहेको कर भुक्तानी गर्नेको नाम र निवेदन नम्बर (भौचर कोड) हालेर सबमिट गरेपछि चाहेको रकम भुक्तानी गर्ने प्रकृया अगाडि बढाउन सकिनेछ । 

यस सुविधाबाट हरेक दिन काठमाडौं महानगरपालिमा भवन निर्माण इजाजत शुल्क तिर्नु पर्ने हजारौं महानगरवासीलाई सुविधा भएको छ । साथै, काठमाडौं महानगरपालिकामा लाग्ने भिडभाड कम हुँदा महानगरपालिकाको कामकारवाही अझ सहज भएको छ । 

हरेक दिन वडा कार्यालय पुगेर आफ्नो शुल्क तिर्नु पर्ने महानगरपालिका वासीलाई यस सुविधाले गर्दा धेरै सहज भएको महानगरपालिकाले जनाएको छ । घरमै बसीबसी आफ्नो शुल्क तिर्न सकिने भएपछि उपभोक्ताहरुले पनि आफ्नो समयको बचतसँगै भुक्तानीका लागि सरल र सहज भएको महसुस गरेका छन् । लाखौं ग्राहकहरुलाई सरल र सहज होस् भनेर आफ्नो मोबाइल बैंकिङ्ग सेवामा भवन निर्माण इजाजत शुल्क सेवा उपलब्ध गराएको एन आई सी एशिया बैंकले जनाएको छ । 

‘हामीले लाखौं ग्राहक महानुभावहरुको सेवा र सुविधालाई ध्यानमा राखेर मोबाइलबाटै भुक्तानी गर्न सकिने सुविधासहितको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक)मा केएमसी भवन निर्माण इजाजत भुक्तानी सेवा उपलब्ध गराएका छौं,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले भने, ‘हामीले डिजिटल बैंकिङ्ग सेवामार्फत हाम्रा ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउन नयाँ नयाँ योजना ल्याइरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप